बेलकोटगढीमा फूलको विरुवा रोपेर सडक सौन्दर्यकरणको थालनी
नुवाकोट । बेलकोटगढी नगरपालिका–७ मा नगरपालिकाको आर्थिक विकास शाखा (कृषि) को आयोजनामा सडक दायाँबायाँ वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
वडा नं. ५ र ७ स्थित मुख्य सडक खण्डको सौन्दर्यकरण तथा वातावरण संरक्षणको उद्देश्यले गुलमोहर र ज्याकारान्डा जातका फूलको बिरुवा रोपिएको हो ।
कार्यक्रममा नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिबप्रसाद दाहाल, वडा नं. ७ का अध्यक्ष भुवनेश्वर नेपाल, कृषि शाखा तथा अन्य शाखाका कर्मचारी, स्थानीयवासी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
सडक सुरक्षालाई प्राथमिकतामा राख्दै हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण गरिएको नगरपालिकाका कृषि शाखाका प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
वडा नं. ५ मा पनि यस्तै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो ।
बेलकोटगढीको सबै वडा पूर्ण खोप सुनिश्चित, पालिका घोषणाको तयारी
बाघखोर । बेलकोटगढी नगरपालिकाको सबै वडा पूर्ण खोप सुनिश्चित भएका छन् । नगरपालिकाले सोमबार आयोजित कार्यक्रममा नगरमा रहेका सबै १३ वटै वडालाई पूर्ण खोप
बेलकोटगढीमा युवा लक्षित कार्यक्रम प्राथमिकतामा, २५ जना युवालाई बारिष्ता तालिम
बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘युवा लक्षित कार्यक्रम’लाई प्राथमिकता दिँदै सिपमूलक तालिम सञ्चालनमा ल्याएको छ । युवालाई शिक्षासँगै
निरञ्जना भगवती मन्दिर परिसरमा पुनःनिर्माण गरिएको ‘जमराघर’ हस्तान्तरण
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं १० स्थित धार्मिक तथा ऐतिहासिक महत्वको निरञ्जना भगवती मन्दिर परिसरमा निर्माण गरिएको "जमरा घर" हस्तान्तरण






प्रतिकृया दिनुहोस