बेलकोटगढी र विदुरमा बनाएका २१ अस्थायी आवास प्रभावितलाई हस्तान्तरण

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएलले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ ।

आज बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गर्नुभयो । दुई कोठा र शौचालयसहितका ती आवास वाईसीएल नेपालको पहलमा निर्माण गरिएका हुन् ।

कार्यक्रममा पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको उल्लेख गर्नुभयो ।

उहाँले रसुवा र नुवाकोटमा आएको बाढी तथा क्षतिलाई ठूला देशहरूको कार्बन उत्सर्जनले सिर्जना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनुभयो ।

प्रचण्डले सरकारको ढिलासुस्ती र बेवास्ताले उद्धार तथा राहत कार्यमा ठूलो क्षति पुगेको भन्दै आलोचना गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

नेपालबाट यस वर्षको मनसुन बाहिरियो

काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आज असोज २८ गते यस वर्षको मनसुन

२ महिनामा वाणिज्य बैंकले १७ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाए

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झन्डै साढे ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र

१ लाख ३० हजार १२९ यात्रुले लिए दशैँका लागि अग्रिम टिकट

काठमाडौँ । दशैँ पर्व शुरू भएसँगै काठमाण्डाै उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी र पेशा–व्यवसायका लागि सङ्घीय राजधानीमा

↑