नेपालबाट यस वर्षको मनसुन बाहिरियो

काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आज असोज २८ गते यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो ।

महाशाखाले यही असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो ।

यस वर्ष औसत मितिभन्दा १२ दिन ढिला गरी मनसुन बाहिरिएको छ । सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि शुरू भई २ अक्टोबरमा बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि आज बाहिरिएको छ ।

यस वर्षको मनसुनमा औसतको आसपासमै वर्षा भएको छ । मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ । नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको

२ महिनामा वाणिज्य बैंकले १७ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाए

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झन्डै साढे ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र

१ लाख ३० हजार १२९ यात्रुले लिए दशैँका लागि अग्रिम टिकट

काठमाडौँ । दशैँ पर्व शुरू भएसँगै काठमाण्डाै उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी र पेशा–व्यवसायका लागि सङ्घीय राजधानीमा

↑