भोलिदेखि पर्ने पानी र हिउँबाट जोगिन सरोकारवालाको विशेष अनुरोध

काठमाडौँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका  विभिन्न स्थानमा भोलिदेखि यही शनिवारसम्म पानी र उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने जोखिम देखिएपछि उच्च सतर्कता अपनाउन सरोकारवाला निकायले छुट्टाछुट्टै सूचनामार्फत अनुरोध गरेका छन् ।  

शनिवारसम्म उक्त प्रणालीको प्रभाव रहने नेपाल मौसम विज्ञान विभागले जानकारी दिँदै विभागबाट जारी हुने सूचनाको पालना गर्न अनुरोध गरेको छ ।

विभागा प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले पानी पार्ने प्रणाली नेपाल नजिक आइपुग्दासम्म कमजोर भए वर्षाको प्रभाव कम हुन सक्ने र अपेक्षाकृत शक्तिशाली रहे प्रभाव बढ्न सक्ने बताउनुभयो ।  

यसपाली पर्ने पानी र हिउँले कृषि क्षेत्रमासमेत असर पार्न सक्ने भएकाले बाली भित्र्याउने कार्य आजसम्ममा गरिसक्न कृषि मौसमविद् मुक्तिनाथ झाले सीआईएनमार्फत किसानहरूलाई आग्रह गर्नुभयो ।    

नेपाल विद्युत् प्राधिकरणले भने सार्वजनिक सूचना निकाल्दै सम्भावित प्रतिकूल मौसमका कारण विद्युत् संरचनामा क्षति पुग्न सक्ने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विद्युत् सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।  

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा नगर्न अध्यागमन विभागले आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै १२, १३ र १४ गते मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै पर्यटकलाई उक्त अवधिभर सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।  

विभागका अनुसार उक्त अवधिमा निषेधित क्षेत्रमा पदयात्रा गर्ने अनुमति आजकै मितिदेखि जारी नहुने जानकारीसमेत गराइएको छ ।

प्रतिकृया दिनुहोस

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाडौँ । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका

नेपाली कम्युनिष्ट पार्टी नुवाकोटको प्रथम जिल्ला समिति बैठक सम्पन्न, पाँच प्रस्ताव पारित

नुवाकोट । नेपाली कम्युनिष्ट पार्टी नुवाकोट जिल्ला समितिको प्रथम बैठक पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।गत भदौमा सम्पन्न बैठकले जिल्ला

नुवाकोटको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचान समेटिएको गीतको अडियो तथा भिडियो सार्वजनिक

दोहा, कतार । नुवाकोट सेवा समाज दोहा कतारले नेपालीहरूको महान् पर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै

↑