बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित ८ जना मन्त्रीले लिए शपथ
काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त हुनु भएका मुख्यमन्त्री बानियाँले आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट शपथ लिएसँगै आफ्नो मन्त्रिपरिषद्को प्रारम्भिक संरचना सार्वजनिक गर्नुभएकाे हाे ।
बानियाँसँगै नेपाली कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङले शपथ लिए । तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको जिम्मेवारी तोकिएको छैन । बाँकी ५ वटा मन्त्रालय कांग्रेसले आन्तरिक विवादका कारण अहिलेसम्म पनि टुङ्ग्याउन सकेको छैन ।
नेकपा एमालेकाे तर्फबाट भने ६ जना मन्त्रीले जिम्मेवारीसहित शपथ लिए । एमालेका मधुसूदन पौडेलले कृषि तथा पशुपक्षी विकास, जयराम थापाले श्रम, रोजगार तथा यातायात, विन्दु श्रेष्ठले उद्योग, दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास, किरण थापाले स्वास्थ्य र भरत केसीले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कुल १४ मन्त्रालय रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेबीचको भागबन्डा अनुसार एमालेले ६ मन्त्रालय पाएको हो भने कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय पाउने सहमति भएको छ । बाँकी ५ वटा मन्त्रालयमा चाँडै मन्त्री नियुक्त गर्ने कांग्रेसले जनाएको छ ।
दसैँसँगै बाली भित्र्याउने चटारोमा किसानहरु
काठमडौँ । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धान लगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । नेपालको मुख्य बाली
बिहीवारदेखि डिलरबाटै ग्यास किन्न उपभोक्तालाई उद्योगीको आग्रह
काठमाडौँ । काठमाण्डौ उपत्यकामा दशैँलाई लक्षित गर्दै शुरू भएकाे सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री/वितरण भोलि बुधवारदेखि बन्द हुने भएको छ
बेलकोटगढी र विदुरमा बनाएका २१ अस्थायी आवास प्रभावितलाई हस्तान्तरण
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित








प्रतिकृया दिनुहोस