पृथ्वी राजमार्गको गलौँदी खण्ड मर्मतका लागि आज राति बन्द रहने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको गलौँदीमा आज राति सडक बन्द रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सडक मर्मतका लागि राति ११ देखि भोलि बिहान ५ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो ।

त्रिशूली नदीको कटानका कारण भासिएको सडकमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो । त्यहाँ थप मर्मत गर्नुपर्ने भएकाले आज राति गाडी आवागमन पूर्णरूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

अहिले दशैँको समय पनि भएकोले पृथ्वी राजमार्गमा गाडीको चाप अत्यधिक छ । यो बेला पानी परिहालेमा हिलोमा गाडी फस्ने जोखिम उच्च रहेकोले अहिले नै मर्मत गर्न लागेको सडक विभागले जनाएको छ । याे खण्डमा झन्डै ७० मिटर सडकमा समस्या रहेको छ ।

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ । नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको

नेपालबाट यस वर्षको मनसुन बाहिरियो

काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आज असोज २८ गते यस वर्षको मनसुन

२ महिनामा वाणिज्य बैंकले १७ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाए

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झन्डै साढे ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र

↑