२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउन र भदौमा गरी ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । भदौमा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
दुई महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा २३.९ प्रतिशतले बढेको छ ।
यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ जना रहेको थियो ।
पहिलो पटक निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुला
काठमाडौँ । सरकारले पहिलो पटक निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा सहभागी हुन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । ऊर्जा,
बाढी पहिरो प्रभावित ३ जिल्लाका ६ पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ । सरकारले बूढीगण्डकीमा आएकाे बाढीबाट प्रभावित तीन जिल्लाका ६ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब नाघ्यो, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा नेपालकाे विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको




-1786786341.jpeg)



प्रतिकृया दिनुहोस