बिहीवारदेखि डिलरबाटै ग्यास किन्न उपभोक्तालाई उद्योगीको आग्रह

काठमाडौँ ।  काठमाण्डौ उपत्यकामा दशैँलाई लक्षित गर्दै शुरू भएकाे सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री/वितरण भोलि बुधवारदेखि बन्द हुने भएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले बुधवारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्ने जनाएको हो । सङ्घले बिहीवारदेखि पुरानै व्यवस्थाअनुसार नजिकका डिलरमार्फत ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

दैशैँका बेला ग्यास खरिदमा सहजता ल्याउने भन्दै उद्योगीहरूले अस्तिदेखि उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने व्यवस्था गरेका थिए ।

शुरूमा आउँदाे शनिवार असाेज ३१ गतेसम्म संयुक्त रूपमा ग्यास बिक्री/वितरण गर्ने भनिए पनि उद्योगीहरूले त्यसपछि एक दिन घटाएर असाेज ३० गतेसम्म कायम गरेका थिए ।

अब उपभाेक्ताले बिहीवारदेखि पुरानै व्यवस्थाअनुसार डिलरबाटै ग्यास खरिद गर्नुपर्नेछ । चाडपर्वको समयमा खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तु खरिद गर्न उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।

प्रतिकृया दिनुहोस

दसैँसँगै बाली भित्र्याउने चटारोमा किसानहरु

काठमडौँ ।  नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धान लगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । नेपालको मुख्य बाली

बेलकोटगढी र विदुरमा बनाएका २१ अस्थायी आवास प्रभावितलाई हस्तान्तरण

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित

बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा

काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा आएको छ । गएको

↑