विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब नाघ्यो, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा नेपालकाे विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेकाे छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति ४.६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड पुगेको छ । असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ अर्ब ३१ करोड थियो ।
यस्तै दुई महिनामा चालू खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो ।
यस्तै दुई महिनामा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा थियो ।
यस्तै गएको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । गएको वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति १.८७ प्रतिशत रहेको थियो ।
२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको
बैंकमा १२ खर्ब रुपैयाँभन्दा धेरै थुप्रिए पनि उत्पादन र रोजगारीमा लगानी बढेन
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ । नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको








प्रतिकृया दिनुहोस